spot_img

बीरगन्जका क्यासिनोमा छापा, पाँच भारतीयसहित ६ जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । पर्सा प्रहरीले वीरगञ्जका विभिन्न क्यासिनोमा छापा मारेर जुवातास खेलिरहेको आरोपमा पाँच भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारतको बिहार घर भएका गणेशकुमार, संदीपकुमार, सुरजप्रसाद, अल्लाह यादव र ओमप्रकाश यादव रहेका छन्। साथै बीरगन्ज महानगरपालिका–३२ निवासी जमुदिन मियाँ अन्सारी लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा किङ क्यासिना, फर्च्युन सिटी गेमिङ क्लब तथा क्यासिनो महाजोङ लगायत स्थानमा छापा मारिएको थियो।

प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जुवाखालबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय