spot_img

रक्सौलमा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्दै

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । भारतको सीमावर्ती सहर रक्सौलमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। परियोजना पूरा भएपछि यो विमानस्थल पटना एयरपोर्टभन्दा पनि ठूलो हुने दाबी गरिएको छ।

डा. संजय जायसवाल ले शनिबार प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गर्दै परियोजनाबारे जानकारी दिएका हुन्। उनले विमानस्थललाई अत्याधुनिक संरचना सहित ठूलो हबका रूपमा विकास गरिने बताएका छन्।

उनका अनुसार रनवे तिलावे नदी पारसम्म विस्तार गरिनेछ, जसले ठूला विमानको अवतरण र उडानलाई सहज बनाउनेछ। परियोजनाका लागि करिब १३९ एकड जमिन आवश्यक पर्नेमा झन्डै ७० प्रतिशत अधिग्रहण पूरा भइसकेको छ।

सांसद जायसवालका अनुसार कन्सल्टेन्ट छनोटका लागि टेन्डर आह्वान भइसकेको छ भने आगामी तीन महिनाभित्र विस्तृत डिजाइन तयार हुनेछ। निर्माण कार्य सम्पन्न गर्न १८ महिनाको समयसीमा तोकिएको छ।

उनले विमानस्थल सञ्चालनमा आएपछि रक्सौल क्षेत्रको व्यापार, पर्यटन र रोजगारीमा ठूलो वृद्धि हुने विश्वास व्यक्त गरे। साथै दिल्ली वा अन्य ठूला सहर पुग्न पटना विमानस्थल धाउनुपर्ने बाध्यता अन्त्य हुने उनले दाबी गरे।

परियोजना २०१६ मै प्रधानमन्त्री प्याकेज अन्तर्गत अघि बढाइएको भए पनि केही प्रशासनिक कारणले ढिलाइ भएको र २०२३ पछि भूमि अधिग्रहण प्रक्रिया तीव्र बनेपछि काम पुनः अगाडि बढेको जनाइएको छ।

स्थलगत निरीक्षण तथा पत्रकार सम्मेलनमा विभिन्न स्थानीय प्रतिनिधि र जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय