spot_img

भोलि संयुक्त संसद बैठक, नीति तथा कार्यक्रम प्रस्तुत

spot_img
spot_img

काठमाडाैं,२७ वैशाख । संघीय संसद को बजेट अधिवेशन भोलि (२८ वैशाख) बाट औपचारिक रूपमा सुरु हुने भएको छ। सोही अवसरमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी गरेको छ।

सरकारले यसअघि २५ वैशाखमै संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय गरेको थियो। सोअनुसार रामचन्द्र पौडेल बाट सम्बोधन हुने तयारी भइरहेको राष्ट्रपति कार्यालय ले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रम संसद अधिवेशन प्रारम्भकै दिन प्रस्तुत गर्ने तयारी गरिएको छ। यससँगै नयाँ आर्थिक वर्षका नीति, योजना र प्राथमिकताबारे सरकारको स्पष्ट दृष्टिकोण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

संसद अधिवेशन सुरु भएसँगै बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ, जसअन्तर्गत नीति तथा कार्यक्रमपछि बजेट प्रस्तुत गर्ने संवैधानिक प्रक्रिया अगाडि बढाइनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय