spot_img

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

spot_img
spot_img

सुनसरी,२८ चैत । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल जिल्लास्थित छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेबेका अनुसार भारतबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट ६ लाख ६९ हजार ७१० रुपैयाँ बरामद भएको हो। उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय