spot_img

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

spot_img
spot_img

काठमाडौं,२८ चैत  । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन्। उनी चैत २९ गते भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।

भट्टराई भारतस्थित आईटीएम विश्वविद्यालय मा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रम डा. भीमराव अम्बेडकर को जन्मजयन्तीको अवसरमा विगत ११ वर्षदेखि आयोजना हुँदै आएको छ।

भ्रमणमा भट्टराईसँगै पूर्वमन्त्री हिसिला यमि पनि सहभागी हुने बताइएको छ।

त्यसैगरी, उनले वैशाख २ गते साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा पनि प्रमुख वक्ताको रूपमा सहभागिता जनाउनेछन्।

कार्यक्रमहरू सम्पन्न गरेपछि भट्टराई सोही दिन साँझ नेपाल फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय