बाराको रिलायन्स सुगर मिलको उखु क्रसिङ सिजन सम्पन्न

spot_img

बीरगन्ज,०१ वैशाख । बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ। उद्योगले चैत २६ गतेदेखि यस वर्षको क्रसिङ कार्य बन्द गरेको जनाएको हो।

उद्योगका अनुसार यस वर्ष कुल २९ लाख २९ हजार २ सय ६९ क्विन्टल उखु प्रशोधन गरिएको छ। उद्योगले करिब ५० लाख क्विन्टल प्रशोधन क्षमता भए पनि यस वर्ष ३३ लाख क्विन्टल लक्ष्य राखिएकोमा उखु आपूर्तिमा कमी आएपछि लक्ष्य पूरा हुन नसकेको बताइएको छ।

वरिष्ठ प्रशासकीय अधिकृत राम नारायण यादव का अनुसार उद्योगले सिजन समापनसँगै उखु आपूर्ति गर्ने सम्पूर्ण किसानप्रति आभार व्यक्त गरेको छ। उद्योग प्रशासनले आगामी सिजनमा उखु आपूर्ति सुधार भई उत्पादन वृद्धि हुने अपेक्षा समेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय