कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण: छालासहितको १ हजार पचास र बिना छालाको एघार सय रुपैयाँ

spot_img

कलैया,०७ वैशाख । बाराको सदरमुकाम कलैयामा खसीको मासुको मूल्यमा एकरूपता ल्याउने उद्देश्यले नयाँ दररेट निर्धारण गरिएको छ। बारा उद्योग वाणिज्य संघ ले उपभोक्तालाई राहत दिने लक्ष्यसहित मूल्य सार्वजनिक गरेको हो।

संघका वाणिज्य उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन) को अध्यक्षतामा बसेको बैठकले स्थानीय मासु व्यवसायीसँग छलफल गरी नयाँ मूल्य तय गरेको जनाएको छ।

नयाँ निर्णयअनुसार छालासहित खसीको मासुको मूल्य प्रतिकिलो १,०५० रुपैयाँ र छाला नभएको मासुको मूल्य १,१०० रुपैयाँ कायम गरिएको छ। संघले यो निर्णय तत्कालै लागू भएको जनाएको छ।

संघले निर्धारण गरेको मूल्यसूची पूर्ण रूपमा पालना गर्न सबै मासु व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई तोकिएको दरमै सेवा उपलब्ध गराउन आग्रह गरेको छ। साथै बजारमा मूल्य कार्यान्वयन सुनिश्चित गर्न अनुगमन र नियमनलाई पनि कडाइका साथ अघि बढाइने जनाएको छ।

नयाँ मूल्य निर्धारणले बजारमा भइरहेको असमान मूल्य प्रवृत्तिलाई नियन्त्रण गर्दै उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय