spot_img

बिर्तामोडका दुई उद्योगमा एकैपटक आगलागी करिब एक करोड क्षति

spot_img
spot_img

झापा,०१ वैशाख । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेका दुई उद्योगमा सोमबार बिहान एकैसाथ आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ‘झापाली चिप्स फ्याक्ट्री’ र ‘सौगात काष्ठ फर्निचर उद्योग’मा बिहान करिब ४ः१५ बजे अचानक आगो लागेको हो। आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामान तथा मेसिनरी उपकरण जलेर नष्ट भएका छन्।

प्रारम्भिक अनुमानअनुसार घटनामा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासी सक्रिय रूपमा परिचालित भएका थिए। केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो।

आगलागीको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय