ट्रकको ठक्करपछि घाइते ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

spot_img

काठमाडाै,०१ वैशाख । काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन भएको छ।

आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँ क्षेत्रमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा यात्रा गरिरहेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल सारिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रामेछापका स्थायी बासिन्दा लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए। २०७२ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पदसम्म पुगेका थिए।

घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय