बिहारको नयाँ मुख्यमन्त्री बने सम्राट चौधरी, भाजपाबाट पहिलो पटक नेतृत्व

spot_img

काठमाडौं,०२ वैशाख । सम्राट चौधरीले बिहारको २४ औँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । यो सँगै उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका हुन्। राज्यपाल अता हसनैनले उनलाई बुधबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

नीतीश कुमारको राजीनामापछि बिहारमा नयाँ सरकार गठन भएको हो। सम्राट चौधरीसँगै जनता दल युनाइटेड (जदयू) का नेताहरू बिजेंद्र यादव र विजय कुमार चौधरीले उपमुख्यमन्त्रीको रूपमा शपथ लिए।

मंगलबार अर्थात् १४ अप्रिलमा भाजपा विधायक दलको नेता चुनिएपछि सम्राट चौधरीले राज्यपाल समक्ष सरकार गठनको दाबी पेश गरेका थिए । शपथ ग्रहण समारोहमा एनडीएआबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। शपथ लिनुअघि चौधरीले पटनाको पंचरूप हनुमान मन्दिर पुगेर पूजा–अर्चना गरेका थिए ।

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले सामाजिक सञ्जालमार्फत बिहारको विकासमा आफूले धेरै काम गरेको उल्लेख गर्दै भने,’मैले मुख्यमन्त्री पद छोड्ने निर्णय गरेको छु र राज्यपाललाई राजीनामा बुझाएको छु। अब बन्ने नयाँ सरकारलाई मेरो पूर्ण सहयोग र मार्गदर्शन रहनेछ।’ हाल बिहार विधानसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सँग २०२ सदस्यहरूको समर्थन रहेको छ। अब सम्राट चौधरीको नेतृत्वमा नयाँ सरकारले राज्यको कार्यभार सम्हाल्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय