सांसदका स्वकीय सचिव राख्ने निर्णयको विरोधमा हर्क साम्पाङ

spot_img

काठमाडाै,०२ वैशाख । सांसदहरूलाई स्वकीय सचिव राख्ने तयारीको विषयले राजनीतिक वृत्तमा बहस चर्किएको छ। यसैक्रममा हर्क साम्पाङ ले उक्त निर्णयको खुलेर विरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले स्वकीय सचिव नियुक्ति अनावश्यक खर्च बढाउने कदम भएको बताएका छन्। उनले मासिक ३० हजार रुपैयाँका दरले तलब निर्धारण गरिए पनि कुल खर्च अत्यधिक हुने उल्लेख गर्दै पाँच वर्षमा करिब ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने दाबी गरेका छन्।

उनले व्यंग्यात्मक शैलीमा “नाथे स्वकीय सचिव” भन्दै निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

यता संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले भने स्वकीय सचिवको व्यवस्था पुनः लागू गर्ने प्रक्रियालाई अघि बढाएको छ। डोल प्रसाद अर्याल को सभापतित्वमा बसेको बैठकले आवश्यक कानुनी प्रबन्धका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीको नीति अन्तर्गत सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तर, त्यतिबेला पनि संसद्का पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

हाल पुनः उक्त सुविधा ब्युँताउने तयारी भइरहेका बेला साम्पाङको विरोधले विषय थप विवादित बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय