मन्त्री नपाएपछि गण्डकी कांग्रेस सांसद कुँवरको राजीनामा

spot_img

काठमाडौं,०२ चैत । गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसद द्रोर्णकुमार कुँवर ले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

बुधबार उनले गण्डकी प्रदेशसभा सभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। पत्रमा उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने उल्लेख गरेका छन्।

बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवर मन्त्री पदका आकांक्षी रहेको बताइन्छ। तर मन्त्रिपरिषद् विस्तारमा स्थान नपाएपछि उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले आजै मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका गरी आठ जना नयाँ मन्त्री थपेका छन्।
कुँवरको राजीनामासँगै गण्डकी प्रदेशको राजनीतिक समीकरणमा थप चहलपहल देखिने अनुमान गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय