काठमाडौ,०२ चैत । पूर्वमन्त्री दीपक खड्का को बन्दी प्रत्यक्षीकरण रिटमाथिको सर्वोच्च अदालतमा भएको सुनुवाइ सम्पन्न भएको छ। उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालत का न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को संयुक्त इजलासमा भएको थियो।
सुनुवाइका लागि तोकिएको पेसीअनुसार प्रक्रिया अघि बढेको थियो र केहीबेर अघि बहस सम्पन्न भएको अदालत स्रोतले जनाएको छ। अब रिटसम्बन्धी थप निर्णय अदालतको आदेशपछि आउने अपेक्षा गरिएको छ।

