इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

spot_img

काठमाडौं,०२ वैशाख । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को २०८२ चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनान मा पुनः श्रम स्वीकृति खुला गरिएको हो।

यसअघि इरान र संयुक्त राज्य अमेरिका बीचको तनावका कारण पश्चिम एसिया क्षेत्र अस्थिर बनेपछि ती देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो। सुरक्षाको दृष्टिले जोखिम बढेपछि सरकारले नेपाली कामदारको श्रम स्वीकृति रोक्ने निर्णय लिएको थियो।

वैदेशिक रोजगार विभाग का अनुसार इराक को हकमा भने यसअघि नै गरिएको निर्णयअनुसार श्रम स्वीकृति जारी रहनेछ।

यसअघि नै सरकारले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की का लागि पनि पुनः श्रम स्वीकृति खुला गरिसकेको थियो।

परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ERT) को सिफारिसका आधारमा बाँकी देशमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको जनाइएको छ।

यद्यपि, नयाँ श्रम स्वीकृति (नयाँ जाने कामदारका लागि) भने ती देशको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्र खुला गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय