नक्कली लेटरप्याड प्रयोगको आरोपमा पूर्णबहादुर खड्कासँग कांग्रेसको स्पष्टीकरण माग

spot_img

काठमाडौँ,०२ वैशाख । नेपाली कांग्रेस ले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग गरेको छ।

बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधानविपरीत गतिविधि गरेको ठहर गर्दै ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत वक्तव्य जारी गरेका थिए। यसअघि पनि उनले २०८२ चैत १४ गते यस्तै प्रकृतिको विज्ञप्ति निकालेपछि समितिले चैत १८ मा ‘एक पटकका लागि सचेत’ गराएको थियो।

तर चेतावनीपछि पनि उनले पुनः चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गर्दै आफू पदमै रहेको दाबी गरी विज्ञप्ति जारी गरेको समितिको भनाइ छ। उक्त कार्य पार्टी विधानअनुसार अनुशासन उल्लंघन भएको निष्कर्ष निकालिएको छ।

यसैबीच समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सँग सम्बन्धित उजुरी दर्ता गर्ने म्याद पनि थप गरेको छ। अब उजुरी २०८३ वैशाख मसान्तसम्म दिन सकिनेछ। समितिले तोकिएको समयपछि प्राप्त उजुरीमाथि कारबाही अघि नबढाइने स्पष्ट पारेको छ।

पार्टीभित्र निर्वाचनका क्रममा भएको अन्तर्घात र अनुशासनहीन गतिविधिबारे छानबिनलाई तीव्र बनाउँदै कांग्रेसले आन्तरिक अनुशासन कडाइ गर्ने संकेत दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय