संसदीय समितिका सभापति चयन वैशाख ४ गते

spot_img

काठमाडौं,०२ वैशाख । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको नेतृत्व चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ। लामो समयदेखि नेतृत्वविहीन बनेका संसदीय समितिहरूमा अब सभापति चयन प्रक्रिया अघि बढ्ने भएको हो।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

सचिव हर्कराज राईका अनुसार निर्वाचन प्रक्रिया बिहीबारदेखि औपचारिक रूपमा सुरु हुनेछ। इच्छुक सदस्यहरूले दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता गर्न सक्नेछन्।

मनोनयन दर्ताका क्रममा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य रहने व्यवस्था गरिएको छ। दर्ता भएका उम्मेदवारहरूको सूची सोही दिन साँझ सार्वजनिक गरिनेछ। शुक्रबार दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बस्नेछ, जहाँ मनोनयनमाथि छलफल गरी आवश्यक परे मतदानमार्फत सभापति चयन गरिनेछ।

निर्वाचन प्रक्रियामा एकभन्दा बढी समितिमा सदस्य रहेका सांसद वा मन्त्रीले कुन समितिमा मतदान गर्ने हो भन्ने कुरा २४ घण्टा अगावै लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

हाल प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त रूपमा गरी १० विषयगत समिति सक्रिय छन्। कानुन, न्याय तथा मानवअधिकार, सार्वजनिक लेखा समिति, अर्थ समिति र राज्यव्यवस्था समितिजस्ता महत्वपूर्ण समितिहरू पनि यस प्रक्रियाबाट नयाँ नेतृत्व पाउनेछन्।

लामो समयदेखि समितिहरू नेतृत्वविहीन हुँदा विधेयक छलफल र संसदीय निगरानी प्रभावित हुँदै आएको अवस्थामा यो निर्वाचनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय