जय ट्रफीमा ६ टोलीको टुंगो, चार प्रदेश बाहिरिए

spot_img

काठमाडौं,०२ वैशाख ।  जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीहरूको टुंगो लागेको छ।

प्रधानमन्त्री कप क्रिकेटको समूह चरण सम्पन्न भएसँगै आगामी संस्करणका लागि सहभागी हुने ६ टोली निश्चित भएका हुन्।

नेपाल क्रिकेट संघ प्रधानमन्त्री कपको प्रदर्शनका आधारमा गरिएको छनोटअनुसार प्रतियोगिता यस वर्षदेखि विस्तार गरी ६ टोलीसम्म पुर्‍याइएको हो।

नयाँ संरचनाअनुसार त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम रोयल्स, सशस्त्र प्रहरी बल (एपीएफ), मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफीमा प्रतिस्पर्धा गर्नेछन्।

यससँगै गण्डकी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेश भने आगामी संस्करणको जय ट्रफीमा स्थान बनाउन असफल भएका छन्।

प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन र घरेलु क्रिकेटको स्तर उकास्ने उद्देश्यसहित संरचना विस्तार गरिएको आयोजकले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय