पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

spot_img

काठमाडौं,०३ वैशाख । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालत का कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले खड्कालाई थुनामा राख्ने आधार सम्बन्धी कागजात पेस गर्न आदेश दिएको थियो। सो आदेशअनुसार जिल्ला अदालतबाट म्याद थपसम्बन्धी पर्चा, राजस्व अनुसन्धान विभाग को अनुरोधपत्र तथा थुनाको कारणसहितको लिखित जवाफ अदालतमा पेश गर्न भनिएको थियो।

खड्कालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी विनीता थापा ले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी खड्कामाथि अनुसन्धान अघि बढाइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय