spot_img

कोइलाको अभावले हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

spot_img
spot_img

मकवानपुर,०३ वैशाख ।  कोइलाको अभाव भएपछि हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि सिमेन्ट उत्पादन बन्द गरेको छ।

उद्योगले करिब एक महिनाअघि मात्रै नियमित रूपमा उत्पादन सुरु गरेको थियो। तर आवश्यक कच्चा पदार्थ कोइला अभाव भएपछि उत्पादन पुनः रोक्नुपरेको जनाएको छ।

उद्योगले हाल ३ हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ। सहायक प्रवन्धक विकास श्रेष्ठ का अनुसार करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ।

उनले कोइलाको गुणस्तर परीक्षणपछि मात्रै उत्पादन पुनः सुरु गर्ने समय तय गरिने जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय