प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

spot_img

काठमाडौं,०३ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

बैठकमा केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायबारे पनि विचारविमर्श हुनेछ।

त्यसैगरी, देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयाससमेत गरिने अपेक्षा गरिएको छ।

यो बैठकलाई संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने नीतिगत पहलका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय