वीरगन्ज,०३ वैशाख । वीरगन्ज जेसीजले “जेसीज सप्ताह” अन्तर्गत तेस्रो दिन बाल सुधार गृहमा निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरेको छ।
वीरगन्ज–४ बिर्तास्थित बाल सुधार गृह वीरगन्ज मा आयोजित उक्त कार्यक्रममा १०२ जना बालकको दन्त परीक्षण गरिएको थियो। एभरेष्ट डेन्टल क्लिनिकका सञ्चालक तथा दन्त चिकित्सक डा. मनोज उपाध्याय ले बालकहरूको दन्त स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श दिएका थिए।
कार्यक्रममा सहभागी बालकहरूलाई दाँत माझ्ने ब्रस, मञ्जनलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो।
कार्यक्रम रविन्द्र श्रेष्ठ को सभापतित्व तथा जेसीआई सिनेटर गणेशमान श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि श्रेष्ठले यस्ता सामाजिक कार्यक्रमले बालकहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा विभिन्न जेसीज पदाधिकारी, सल्लाहकार तथा बाल सुधार गृहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन निश्चल प्रजापति ले गरेका थिए भने सञ्चालन पप्पु गुप्ता ले गरेका थिए। सहभागीहरूले यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

