spot_img

आफ्नै क्याफेमा बसेर नेपाल र यूएईको खेल हेर्दै रोहित

spot_img
spot_img

काठमाडाै,०७ वैशाख । नेपाल र यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय खेल चलिरहँदा एउटा रोचक दृश्य बाहिरबाट पनि देखिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको पहिलो टी–२० मा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ। यस खेलमा हेमन्त धामीले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएका छन् भने टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।

तर यसबीच टोलीका नियमित सदस्यमध्येका एक रोहितकुमार पौडेल भने मैदानमा छैनन्। उनी भने आफ्नै क्याफेमा बसेर खेल हेरिरहेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू त्यहीँबाट नेपाली टोलीलाई समर्थन गरिरहेको जानकारी दिएका छन्।

मैदानबाहिर रहे पनि रोहितको समर्थन भने टोलीसँगै छ—यो दृश्यले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्ध झन् स्पष्ट बनाउँछ।

spot_img

ताजा अपडेट

लोकप्रिय