ठोरीमा अवैध रूपमा भित्र्याइएका कुखुरा र चल्ला बरामद गरी नष्ट

spot_img

बीरगन्ज,०७ वैशाख । पर्साको ठोरी गाउँपालिकामा भारतबाट अवैध रूपमा भित्र्याइएका कुखुरा तथा हाँसका चल्ला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ। सीमावर्ती क्षेत्र हुँदै भइरहेको अवैध आयात नियन्त्रणका क्रममा उक्त कारबाही गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले ठोरी गाउँपालिका–४ विजय बस्ती क्षेत्रमा गस्ती गर्ने क्रममा अवैध रूपमा ल्याइँदै गरेको सामग्री नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश पटेलको नेतृत्वमा गएको टोलीले करिब ३०० चल्ला (कुखुरा र हाँस) तथा ५० किलो भारतीय ब्रोइलर कुखुरा बरामद गरेको जनाएको छ।

बरामद गरिएको कुखुरा तथा चल्ला स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइन, कुखुरा व्यवसायी, नेपाल प्रहरी  तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोपाल पोखरेलले जानकारी दिएका छन्।

सुरक्षा निकायका अनुसार सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध आयातले स्थानीय कृषकलाई आर्थिक नोक्सानी पुर्‍याउनुका साथै पशुपन्छीको स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्छ। त्यसैले यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी अझ कडा पारिएको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय