काठमाडौँ,०३ वैशाख । नेपाली कांग्रेस ले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको छ। उक्त बैठक प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापति चयनबारे छलफल गर्न आयोजना गरिएको थियो।
बैठकमा भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी का नेताहरूको उपस्थिति रहेको थियो। कांग्रेसका सांसद भीष्मराज आङ्दाम्बे ले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको बताए पनि श्रम संस्कृति पार्टी अनुपस्थित रह्यो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी सँग केही नरम देखिएको राजनीतिक वृत्तमा चर्चा छ। उपसभामुख चयनमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुवीकुमारी लाई समर्थन गरेपछि दुवै दलबीच समीपता बढेको संकेत देखिएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी पनि बैठकमा सहभागी भएन। उता रास्वपाले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ, जसले संसदीय शक्ति सन्तुलनमा नयाँ समीकरण बन्ने संकेत गरेको छ।
विपक्षी दलहरूबीचको यस्तो उपस्थिती र अनुपस्थितीले आगामी संसदीय निर्णयहरूमा असर पार्ने अनुमान गरिएको छ।

