जन्ती बोकेको जिप दुर्घटना ४ को मृत्यु, १४ घाइते

spot_img

काठमाडाै,०६ वैशाख । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा शनिबार साँझ भएको जिप दुर्घटनाले खुसीयालीलाई शोकमा परिणत गरेको छ। विवाहमा सहभागी हुन गइरहेको जन्ती बोकेको जिप दुर्घटनामा पर्दा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बनगाड कुपिण्डे–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप साँझ करिब ५:३० बजे बनगाड कुपिण्डे–१२ धाइरे (पुथाला) क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनामा बनगाड कुपिण्डे–८ का ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतस्थित मेहलकुना अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित १८ जना सवार थिए। घाइतेमध्ये १४ जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

गम्भीर घाइतेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र चालक ३८ वर्षीय कुलबहादुर राना रहेका छन्। अन्य घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।

विवाहको खुसी बोकेर हिँडेको जन्ती टोली गन्तव्यमा नपुग्दै दुर्घटनामा परेपछि थारा गाउँ यतिबेला शोकमग्न बनेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय