नेपाल–भारत नाकमा लगाइएको भन्सार शुल्क हटाउन जसपा नेपालको माग

spot_img

काठमाडौं,०६ वैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाल–भारत सीमामा लागू गरिएको नयाँ भन्सार व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ। पार्टीका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त निर्णयले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा असर पार्ने भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

जसपा नेपालका अनुसार नेपाल र भारत बीचको सम्बन्ध प्राचीनकालदेखि नै आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा गहिरो रहेको छ। यस्तो अवस्थामा सीमावर्ती क्षेत्रमा लागू गरिएको कडाइले जनस्तरको सम्बन्धमा चिसोपना ल्याउन सक्ने पार्टीको भनाइ छ।

सरकारले हाल सीमाबाट आउने व्यक्तिहरूले १०० रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाउने व्यवस्था लागू गरेको छ। जसपा नेपालले यो सीमा अत्यन्त न्यून भएको र यसले दैनिक उपभोगका सामान्य वस्तु ल्याउन समेत समस्या हुने बताएको छ।

विज्ञप्तिमा नागरिकको दैनिकीसँग जोडिएका सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधिमा असर पर्ने खालका यस्ता कानुनी व्यवस्थाहरू तत्काल खारेज गरी पुरानै प्रचलन कायम गर्न जोडदार माग गरिएको छ।

जसपा नेपालले सरकारलाई जनभावना र नेपाल–भारतबीचको परम्परागत खुला सम्बन्धलाई सम्मान गर्दै निर्णय पुनः समीक्षा गर्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय