वीरगन्ज महानगरको ९ महिनामा ४३ करोड ७४ लाख राजस्व संकलन

spot_img

वीरगन्ज,०८ वैशाख । वीरगन्ज महानगरपालिका ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा कुल ४३ करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। साउनदेखि चैतसम्मको अवधिमा विभिन्न शीर्षकबाट ४३ करोड ७४ लाख ३६ हजार ५४५ रुपैयाँ राजस्व उठाइएको महानगरको राजस्व महाशाखाले जनाएको छ।

महानगरका राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ३७ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा करिब ६ करोड रुपैयाँले राजस्व वृद्धि भएको देखिन्छ।

तर, लक्ष्यअनुसार प्रगति भने कमजोर रहेको छ। चालु आर्थिक वर्षका लागि १ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९ महिनामा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्र प्राप्त भएको छ। यसले वार्षिक लक्ष्य पूरा गर्न चुनौती थपिएको महानगरले जनाएको छ। गत आर्थिक वर्षमा पनि १ अर्ब ६० करोड रुपैयाँ लक्ष्य राखिएकोमा ६५ करोड रुपैयाँ मात्र संकलन भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय