spot_img

उद्योगी–व्यवसायीलाई लक्षित धरपकडको हल्ला गलत : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडाै,२७ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्ले ले उद्योगी–व्यवसायीलाई त्रसित बनाउने कुनै पनि सरकारी अभियान नरहेको स्पष्ट पारेका छन्। उनले निजी क्षेत्रलाई लक्षित गरेर धरपकड वा पक्राउको सूची बनाइएको भन्ने चर्चा पूर्ण रूपमा गलत भएको बताएका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्र सरकारको “मुख्य साझेदार” भएको उल्लेख गर्दै अफवाहमा नपर्न आग्रह गरे। उनका अनुसार सरकारले उद्योग–व्यवसायलाई नियन्त्रण गर्ने नभई सहकार्य गर्दै अघि बढाउने नीति लिएको छ।

उनले नेपाललाई आगामी दिनमा ठूलो आर्थिक आकारमा पुर्‍याउने लक्ष्य राखिएको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए। वाग्लेले सरकार अहिले आर्थिक सुधार र पुनरुत्थानको चरणमा रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा उनले सरकारका पाँच मुख्य प्राथमिकता पनि दोहोर्याए। तीमध्ये सुशासन, अर्थतन्त्रको पुनरुत्थान, पूर्वाधार र कनेक्टिभिटी विस्तार, सामाजिक क्षेत्रमा लगानी, तथा पर्यटन र संस्कृतिमार्फत नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने विषय समावेश छन्।

मन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तत्काल ठूलो परिवर्तनको अपेक्षा नगरी केही समय धैर्य गर्न आग्रह गरे। उनले नीति स्थायित्व, राजनीतिक स्थिरता र इमानदार कार्यान्वयन भएमा आर्थिक फड्को सम्भव हुने दाबी गरे।

उनले भारतको आर्थिक यात्रालाई उदाहरण दिँदै सही नीति र निरन्तर प्रयासले देशको अर्थतन्त्र द्रुत रूपमा अघि बढ्न सक्ने विश्वास पनि व्यक्त गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय