spot_img

सुकुमबासी बस्तीमा डोजर कारबाहीविरुद्ध माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडाैं,२६ वैशाख । सुकुमबासी बस्तीहरूमा राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टी ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। शनिबार पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा “यो देश गरिबहरूको पनि हो” भन्ने नारासहित कार्यकर्ताहरू सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले केही दिनअघि बागमती नदी किनारलगायतका सुकुमबासी बस्तीहरूमा गरिएको डोजर कारबाहीलाई विरोधको मुख्य कारण बनाएका छन्। उनीहरूको भनाइमा राज्यले गरिब तथा भूमिहीन नागरिकमाथि अन्यायपूर्ण व्यवहार गरेको छ।

पार्टीले सुकुमबासी बस्तीमा गरिएको हटाउने अभियानलाई तत्काल रोक्न र प्रभावित परिवारको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय