spot_img

सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा १२ वटा घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्किएको थियो। आगो तीव्र रूपमा फैलिँदा ६ परिवारका नौ वटा घर र तीन वटा गाईगोठमा ठूलो क्षति पुगेको हो।

आगलागीमा रामअवतार यादवका दुई घर र एक गाईगोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ जलेका छन्। त्यस्तै योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका एक–एक घर पनि आगलागीबाट नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिएका छन्।

प्रारम्भिक विवरणअनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचर, गरगहना तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ।

आगो नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका को बारुण यन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट गएको दमकल तथा स्थानीयवासी परिचालित भएका थिए। संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय