spot_img

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

spot_img
spot_img

बीरगन्ज,२७ वैशाख । धनुषा जिल्लाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अर्को सवारी साधनलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनाका बेला बसमा ३३ जना यात्रु सवार रहेका थिए। घाइतेमध्ये चालकसहित १७ जनालाई तत्काल उद्धार गरी लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केवर का अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय