बीरगन्ज,२७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोल्हबी नगरपालिका वडा नं. ८ मा नयाँ वडा समिति गठन गर्दै संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। नगर संयोजक थानेश्वर पहाडी को उपस्थितिमा सम्पन्न वडा भेलाबाट प्रकाश कुँवरको नेतृत्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित समितिको उपसंयोजकमा माया कार्की चयन भएकी छन्। त्यसैगरी सदस्यहरूमा रिना पाण्डे, अजय दोङ, राजकुमार चौधरी, विनय पासवान, जितेन्द्र कुसुवार, बिनिता चौधरी, ईश्वर श्रेष्ठ, शान्ता प्रसाद सापकोटा र पूर्ण बस्नेत रहेका छन्।
भेलालाई सम्बोधन गर्दै नगर संयोजक पहाडीले वैकल्पिक राजनीतिक संस्कारलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित रास्वपाले संगठन विस्तार अभियान सञ्चालन गरिरहेको बताए। उनले युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई अझ बलियो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
नवनिर्वाचित वडा समितिले स्थानीय तहमा पार्टी संगठनलाई सुदृढ बनाउँदै जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। साथै पार्टीका नीति, विचार र अभियानलाई घरदैलो तहसम्म पुर्याउने लक्ष्य लिइएको बताइएको छ। रास्वपाले पछिल्लो समय कोल्हबी क्षेत्रमा वडा तहसम्म संगठन विस्तार गर्दै नयाँ नेतृत्व विकास र युवाको सहभागिता बढाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।




