spot_img

प्रतिनिधिसभा बैठक साँझ ५ बजेका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । प्रतिनिधिसभाको आजको बैठक ५ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रमपछि प्रतिनिधिसभाको अर्को बैठक साँझ ५ बजेका लागि तय गरिएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संसद्मा आगामी आर्थिक वर्षका प्राथमिकता, नीति तथा योजनामाथि छलफल हुने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय