spot_img

कुवेत एयरवेजको नेपालमा नियमित उडान पुनः सुरु

spot_img
spot_img

काठमाडौं,०३ जेठ । कुवेत एयरवेजले नेपालमा आफ्नो नियमित उडान सेवा पुनः सुरु गर्ने भएको छ। इरान–इजरायल–अमेरिका तनावका कारण रोकिएको उडान सेवा आगामी मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएको हो।

एयरवेजका अनुसार अब काठमाडौंबाट कुवेतका लागि हप्तामा दुई वटा नियमित उडान हुनेछन्। नयाँ तालिका अनुसार प्रत्येक मंगलबार र बिहीबार उडान सञ्चालन हुनेछ।

कम्पनीले यस पटक ठूलो क्षमताको एयरबस A330-800 विमान प्रयोग गर्ने जनाएको छ, जसले एकै पटक २३५ यात्रु बोक्न सक्नेछ।

कुवेत एयरवेजले विशेष गरी कुवेतमा अड्किएका तथा काठमाडौंबाट कुवेत जान प्रतीक्षामा रहेका यात्रुहरूलाई प्राथमिकतामा राखेर सेवा पुनः सुरु गर्न लागेको बताएको छ। उडान रोकिएको अवधिमा टिकट खरिद गरिसकेका यात्रुहरूलाई कम्पनीको सम्पर्कमा आएर टिकट पुनः मिलाउन अनुरोध गरिएको छ।

यसअघि फेब्रुअरी २८ देखि कुवेत एयरवेजले नेपालमा नियमित उडान स्थगित गरेको थियो। त्यसअघि भने कम्पनीले दैनिक रूपमा सातै दिन उडान सञ्चालन गर्दै आएको थियो।

उडान बन्द भएको समयमा केही विशेष उडानमार्फत यात्रु तथा कैदीबन्दीको उद्धार गरिएको भए पनि नियमित व्यावसायिक सेवा भने पूर्ण रूपमा रोकिएको थियो।

हाल सबै उडानहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र सञ्चालन हुने जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय