spot_img

बीरगन्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ

spot_img
spot_img
बीरगन्ज,०३ जेठ । पर्साको बीरगन्जमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय राहुल सिंह र बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई जेठ २ गते बीरगन्ज –३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

डीएसपी हरिबहादुर बस्नेतका अनुसार आरोपीहरू ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा सवार हुँदै भेडियाहीबाट मिलनचोकतर्फ आउँदै गर्दा पक्राउ परेका थिए।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय