spot_img

सरकारले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: इन्दिरा रानामगर

spot_img
spot_img

काठमाडौँ,०७ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्।

अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर विषयको रूपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पारिन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय