spot_img

भारतमा ‘कक्रोच जनता पार्टी’को एक्स एकाउन्ट बन्द

spot_img
spot_img

वीरगन्ज,०७ जेठ । भारतका प्रधानन्यायाधीशले युवापुस्तालाई ‘कक्रोच’सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि सुरु भएको व्यंग्यात्मक अभियान ‘कक्रोच जनता पार्टी (सीजेपी)’सँग जोडिएको एक्स (पूर्व ट्विटर) एकाउन्ट भारतभित्रबाट पहुँचविहीन बनाइएपछि विवाद चुलिएको छ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो एक्स एकाउन्ट भारतमा ब्लक गरिएको बताएका छन्। उनका अनुसार एकाउन्ट बन्द हुँदा करिब दुई लाख नजिक फलोअर्स पुगेको थियो।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केही प्रयोगकर्ताहरूले सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) निकट दबाबका कारण एकाउन्ट हटाइएको हुनसक्ने आरोप लगाएका छन्। यद्यपि, एक्स कम्पनी वा भारतीय सरकारी निकायले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

एकाउन्ट बन्द भए पनि सीजेपीको इन्स्टाग्राम पेज भने सक्रिय रहेको बताइएको छ। त्यहाँ छोटो समयमा ठूलो संख्यामा फलोअर्स बढेको दाबी गरिएको छ। व्यंग्य र प्रतिवादको शैलीमा सुरु भएको यो अभियानले भारतीय राजनीतिक वृत्तमा चर्चा बटुलेको छ, विशेषगरी युवापुस्तामाझ यसको प्रभाव तीव्र रूपमा फैलिँदै गएको देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय