spot_img

मधेश विश्वविद्यालयलाई बीरगन्ज महानगरद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध

spot_img
spot_img

बीरगन्ज,०७ जेठ । बीरगन्ज महानगरपालिकाले मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गर्नका लागि वडा नं. २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएको छ।

उच्च शिक्षाको पहुँच विस्तार र शैक्षिक विकासलाई लक्षित गर्दै महानगरपालिकाले उक्त निर्णय गरेको हो। नगर प्रमुख राजेशमान सिंह र मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यको उपस्थितिमा आयोजित कार्यक्रममा जग्गा हस्तान्तरणसम्बन्धी प्रक्रिया सम्पन्न गरिएको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले यो निर्णयले बीरगन्जलाई शैक्षिक हबका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उपकुलपति डा. शाक्यले महानगरपालिकाको सहयोगलाई ऐतिहासिक र दूरदर्शी कदम भन्दै प्रशंसा गरे। उनका अनुसार केन्द्रीय कार्यालय स्थापना भएपछि मधेश प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षामा सहज पहुँच मिल्नेछ र शैक्षिक गतिविधि थप प्रभावकारी बन्नेछ।

नगर प्रमुख राजेशमान सिंहले महानगर शिक्षा, अनुसन्धान र मानव संसाधन विकासका क्षेत्रमा सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। स्थानीय बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूले पनि यो निर्णयलाई स्वागत गर्दै यसले बीरगन्जको शैक्षिक, सामाजिक र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय