spot_img

जसपा नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन

spot_img
spot_img

बीरगन्ज,०७ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को मधेस प्रदेश संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोज यादव चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगको पछिल्लो समाहित प्रक्रियापछि संसदीय दलको नेतृत्व चयनका लागि बिहीबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।

प्रदेश सभा संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले बारा निवासी यादवलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य सञ्जय कुमार यादवले जानकारी दिएका छन्। हाल मधेस प्रदेश सभामा जसपा नेपालका १८ र लोसपाका ८ गरी संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय