spot_img

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै बीरगन्जमा प्रदर्शन, प्रहरी कार्यालयअघि चर्कियो विरोध

spot_img
spot_img

बीरगन्ज,०७ जेठ । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँको रिहाइको माग गर्दै बीरगन्जमा बिहीबार फेरि प्रदर्शन गरिएको छ ।

प्रसाईँका समर्थकहरू जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भई विभिन्न नारा लेखिएका प्लेकार्डसहित घण्टाघरतर्फ मार्च गरेका थिए । प्रदर्शनपछि उनीहरू पुनः प्रहरी कार्यालय अगाडि फर्किएर विरोध सभा गरेका थिए ।

प्रदर्शनका क्रममा सहभागीहरूले “दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर”, “राज्य आतंक बन्द गर”, “प्रहरी दमन स्वीकार छैन” लगायतका नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीले कालो पट्टी बाँधेर सरकारविरुद्ध प्रतीकात्मक विरोधसमेत जनाएका थिए ।

समर्थकहरूले प्रसाईँलाई राजनीतिक पूर्वाग्रहका कारण पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरूले सरकारमाथि फरक विचारमाथि दमन गर्न खोजिएको आरोप पनि लगाए ।

प्रसाईँलाई गत सोमबार बीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि पर्सा प्रहरीले विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको थियो ।

उनको पक्राउपछि बीरगन्जमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय