spot_img

कक्रोच जनता पार्टीको वेबसाइट बन्द भएको दाबी, अभिजीत दीपकेको आरोप

spot_img
spot_img

काठमाडौं,०९ जेठ । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले सीजेपीको वेबसाइट बन्द गरिएको जानकारी दिएका छन्।

अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको छ।’

उनले भनेका छन्, ‘हाम्रो वेबसाइटमा १० लाख कक्रोच सदस्य बनेका थिए। ६ लाख कक्रोचले धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको निवेदनमा हस्ताक्षर पनि गरेका थिए,’ उनले उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘सरकार कक्रोचसँग यति धेरै किन डराएको छ? तर यो तानाशाही रवैयाले भारतका युवाहरूको आँखा खोलिरहेको छ। हाम्रो यति मात्रै अपराध हो कि हामी आफ्नो लागि राम्रो भविष्यको माग गरिरहेका थियौँ। तर हामीलाई यति सजिलै सिध्याउन सकिँदैन। हामी अहिले एउटा नयाँ घर बनाइरहेका छौँ। कक्रोच कहिल्यै मर्दैनन्।’

यसअघि अभिजीत दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स अकाउन्टमा पनि रोक लगाइएको (ब्लक गरिएको) बताएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय