spot_img

बीरगन्जमा यौन व्यवसाय फस्टाउँदै ६ जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,१४ जेठ । बीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केही व्यक्तिले आफ्नै घरबाट समेत यौन व्यवसाय सञ्चालन गरिरहेको विषय प्रहरी कारबाहीपछि सार्वजनिक भएको हो ।

यसै क्रममा बुधबार साँझ बीरगन्ज महानगरपालिका–११ स्थित कृषि औजार कारखाना पछाडि झाँझी टोलमा वकिल मियाँ अन्सारीको घरमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी दुई पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा छापा मारेर घरधनी अन्सारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यसैगरी, वडा प्रहरी कार्यालय बिर्ताले बीरगन्ज नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसायी र महिला यौनकर्मीबिच झडप भएको सूचनाका आधारमा एक पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ । सो घटनाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कमा होटल सञ्चालन गर्दै आएका रविन्द्र मिश्रले प्रहरीको फितलो अनुगमन तथा होटल व्यवसायी र प्रहरीबिचको मिलेमतोका कारण होटल, कटेज र रक्सी पसलहरूमा यौन व्यवसाय बढ्दै गएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार त्यस्ता स्थानमा हुने विवाद र झगडा प्रायः दिनहुँजसो सार्वजनिक रूपमा देखिन थालेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय