spot_img

विकास, लगानी र राष्ट्रिय हितमा केन्द्रित छ नेपालको परराष्ट्र नीति : मन्त्री शिशिर खनाल

spot_img
spot_img

काठमाडौँ,१४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्द्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालले विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्दै आएको उल्लेख गरे।

उनले नेपालको परराष्ट्र नीति संविधान, संयुक्त राष्ट्रसङ्घ को बडापत्र, पञ्चशीलको सिद्धान्त तथा असंलग्न आन्दोलनका मूल्य–मान्यतामा आधारित रहेको बताए। उनका अनुसार नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिमार्फत राष्ट्रिय हित संरक्षण, आर्थिक विकास, शान्ति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखेको छ।

मन्त्री खनालले परराष्ट्र मन्त्रालयभित्रको ढिलासुस्ती अन्त्य गरी सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिए। राहदानी वितरण प्रक्रियामा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै उनले पहिले हप्तौँ लाग्ने राहदानी अहिले दुई–तीन दिनमै, कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सकिने अवस्था सिर्जना भएको बताए।

विदेशमा रहेका नेपालीका समस्या समाधानलाई सहज बनाउन ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी पनि उनले दिए।

उनले सरकार निर्वाचनपछि सार्वजनिक गरिएको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार अघि बढिरहेको दाबी गर्दै २०६३ सालपछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन र पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढाइएको बताए। साथै, फजुल खर्च नियन्त्रण गर्न मन्त्रालयको संख्या घटाइएको पनि उनले उल्लेख गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय