spot_img

एकताले राष्ट्रिय भावना बलियो बनाउँछ : रामचन्द्र पौडेल

spot_img
spot_img

काठमाडौँ,१४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका विविध पर्वहरूले नेपाली समाजमा प्रेम, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउँदै जाने बताएका छन्।

बकर इद का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न यस्ता पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले पर्वले मातृभूमिप्रतिको आत्मीयता बढाउँदै राष्ट्रिय विकास र समृद्धिमा योगदान पुर्‍याउने उल्लेख गरे।

राष्ट्रपतिले मुस्लिम समुदायलाई आपसी रिस, राग र द्वेष त्यागेर विश्वास, समर्पण र समाजसेवाको भावनालाई आत्मसात गर्न आग्रह गरे। उनले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र सहअस्तित्व कायम गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए।

यसैबीच रामसहायप्रसाद यादव ले पनि बकर इदको अवसरमा शुभकामना दिँदै यस पर्वले त्याग, समर्पण र बलिदानको भावना प्रवर्द्धन गर्ने बताए। उनले पर्वले समाजमा सहानुभूति, सहयोग र भाइचारालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले बकर इदले विपन्न तथा सहयोग आवश्यक पर्ने वर्गलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावना सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरे। साथै, धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्ने उनको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय