spot_img

स्थानीय सरकारमाथि हस्तक्षेप भएको भन्दै मौलापुर मेयरको कडा चेतावनी

spot_img
spot_img

बीरगन्ज,१४ जेठ । रौतहटस्थित मौलापुर नगरपालिका की मेयर रिनाकुमारी साह ले संघीय सरकारमाथि स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएकी छन्।

प्रेस वक्तव्य जारी गर्दै मेयर साहले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरपालिकाका कामकाज प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरेकी हुन्। उनले ‘छोरीसँग मेयर कार्यक्रम’, ‘फ्री बिजुली, फ्री पानी’ लगायतका योजनालाई मौलापुरको गौरवको कार्यक्रम भन्दै ती कार्यक्रम कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाइन्।

वक्तव्यमा संघीय सरकारले आफूखुशी कर्मचारी खटाउने, ती कर्मचारीले निर्वाचित जनप्रतिनिधिको निर्देशन नमान्ने, नगरसभाबाट पारित कार्यक्रमको भुक्तानीसमेत “माथिको आदेश” भन्दै रोक्ने तथा सशर्त बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने काम भइरहेको उल्लेख गरिएको छ।

मेयर साहले यस्ता गतिविधिले स्थानीय स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएको बताउँदै तत्काल हस्तक्षेप बन्द गर्न प्रधानमन्त्री तथा संघीय सरकारलाई चेतावनी दिएकी छन्।

उनले चेतावनीपूर्ण शैलीमा भनिन्, “यदि मौलापुर नगरपालिकामाथिको गैरकानुनी हस्तक्षेप रोकिएन भने नगरपालिका बन्द गरेर ताल्चा लगाउन हामी बाध्य हुनेछौं।”

spot_img

ताजा अपडेट

लोकप्रिय