spot_img

सुनचाँदीको मूल्यमा वृद्धि

spot_img
spot_img

काठमाडौँ,१५ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा पाँच हजार ६ सय रूपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय