काठमाडौं,१५ जेठ । सरकारले सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र अनुशासित बनाउन डिजिटल टाइमकार्ड प्रणाली लागू गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कार्यालयमा कर्मचारीको उपस्थितिलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन डिजिटल टाइमकार्ड प्रणाली लागू गरिने बताएका हुन्।
सरकारका अनुसार डिजिटल प्रणालीमार्फत कर्मचारीको कार्यालय उपस्थिती, समयपालन तथा कार्यसम्पादन व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ। यसले सार्वजनिक सेवा प्रवाहमा उत्तरदायित्व र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।
सरकारले सुशासन, डिजिटाइजेसन तथा प्रशासनिक सुधारलाई आगामी बजेटको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाएको जनाएको छ।



