काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट सार्वजनिक गरेका हुन्।
बजेटअन्तर्गत पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब छुट्याइएको छ। चालु खर्च १२ खर्ब ७० अर्ब रुपैयाँ रहने उल्लेख गरिएको छ।
सरकारले राजस्वबाट १४ खर्ब ४ अर्ब संकलन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, अनुदानतर्फ ६१ अर्ब ७४ करोड र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने जनाइएको छ।
यसैगरी आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने योजना सरकारले अघि सारेको छ।



