काठमाडौं,१५ जेठ । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार कुल वृद्धि मध्ये १० प्रतिशत तलबको प्रारम्भिक स्केलमै समायोजन गरिनेछ भने थप १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ। साथै, हाल प्रदान गरिँदै आएको महँगी भत्ता यथावत् राखिनेछ।
अर्थमन्त्री वाग्लेले विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा करिब १७.३ प्रतिशत महँगी बढेको उल्लेख गर्दै तलब समायोजन आवश्यक भएको बताएका छन्।



