spot_img

श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट, रिटर्नी कार्यक्रम र विप्रेषण लगानीमा जोड

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रको प्रवर्द्धन गर्न ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै उक्त रकम श्रम बजार सुदृढीकरण, सीप विकास र रोजगारी सिर्जनामा केन्द्रित गरिने जानकारी दिएका हुन्।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप र अनुभवको उपयोग गर्न ‘रिटर्नी माइग्रेन्ट कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ। साथै, विप्रेषणलाई उपभोगबाट उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ‘विप्रेषण लगानी मिलान कोष’ सञ्चालन गरिने नीति लिइएको छ।

युवालाई रोजगारीयोग्य बनाउन छोटो अवधिका तथा कार्यस्थलमा आधारित तालिम कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय